Section 30
दण्ड सजाय
(१) दफा १४ बमोजिम जग्गा अधिग्रहण गर्दा वा यस ऐन बमोजिमको कुनै सूचना टाँस गर्दा बाधा विरोध वा हुलहुज्जत गरेमा तीन महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(२) कसैले दफा १६ बमोजिम लगाएको रुख उखेलेमा वा काटेमा वा दफा १६क. विपरीत बढी वजनको सवारी चलाएमा वा दफा १७ बमोजिम माटो, ढुङ्गा, बालुवा लिंदा बाधा विरोध गरेमा वा दफा १८ को वर्खिलाप कुनै काम गरेमा दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) कसैले दफा १९ को उपदफा (१) को वर्खिलाप कुनै काम गरेमा वा सोही दफाको उपदफा (३) बमोजिम सडक विभागले कुनै काम कारवाई गर्दा बाधा विरोध गरेमा एक वर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।